‘भूमिहिनको समस्या पहिचान गरेको एमालेले अब पूर्ण रुपमा व्यवस्थित समाधान गर्छ’—एमाले उम्मेदवार आचार्य
पाेखरा | फागुन ६, २०८२
पोखरा: नेकपा एमाले कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार रश्मि आचार्यले भूमिहिन र सुकुम्बासीको समस्या समाधानलाई आफ्नो मुख्य प्राथमिकता भएको बताएका छन् ।
उनले आफू निर्वाचित भएपछि भूमिहिन नागरिकको जमिन र आवासमाथिको नैसर्गिक अधिकार सुनिश्चित गर्न संसदमा सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता जनाएका हुन् ।
पोखरा १५ मा आयोजित कार्यक्रममा बोल्दै आचार्यले भने, ‘भूमिहिनको समस्या एमालेले पहिचान गरिसकेको छ, अब यसलाई पूर्ण रूपमा समाधान गर्ने जिम्मा पनि हामी लिन्छौैं।’
उनले कास्की जिल्लामा करिब ९ हजार भूमिहिन तथा सुकुम्बासी नागरिक भूमि र आवासको अधिकारबाट वञ्चित रहेको उल्लेख गर्दै यसको दिगो समाधानका लागि कानुनी र नीतिगत पहल गर्नेे बताए ।
‘भूमि र आवास प्रत्येक नागरिकको नैसर्गिक अधिकार हो । कसैलाई पनि यसबाट वञ्चित गर्न पाइँदैन। यो विषयलाई संसदमा प्राथमिकताका साथ उठाउनेछु,’आचार्यले भने।
उनले सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रण पनि आफ्नो पहिलो प्राथमिकता हुने स्पष्ट परे । आवश्यक परे नियम–कानुन संशोधनका लागि पहल गर्ने उनको भनाई छ । जनताको पक्षमा दृढ रूपमा उभिने र पारदर्शी शासन प्रणाली स्थापना गर्ने उनको प्रतिबद्धता छ ।
आचार्यले विकासलाई समान र सन्तुलित रूपमा अगाडि बढाइने उल्लेख गर्दै जीवनसँग प्रत्यक्ष जोडिएको बजेट विनियोजन गरिने बताए । विशेषगरी पिछडिएका क्षेत्रका लागि तारजाली बाटो, आधारभूत पूर्वाधार र जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने योजनामा प्राथमिकता दिइने उनको भनाई छ ।
उनले स्थानीय तहसँग सहकार्य प्रदेश सरकारबीच समन्वय गरेर समग्र कास्कीको विकास अगाडि बढाइने उल्लेख गरे ।
साथै प्रत्येक ६–६ महिनामा वडास्तरमा पुगेर नागरिकका समस्या सुन्ने र समाधानका लागि पहल गर्ने उनले प्रतिबद्धता जनाए । उनले भने—‘जनताले दिएको मतको सम्मान गर्दै विश्वासमा धोका दिने छैनु, जनताको शिर निहुरिन दिने छैन ।’
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा पत्रकार मोहन घलेले आर्थिक सहयोग गरेका छन् । पत्रकार घलेले अक्षयकोषमा नगद १० हजार...
पोखरा: मधेशी आयोगले सातौं वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुखसमक्ष पेस गरेको छ । प्रदेश प्रमुखको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा आयोगकी सदस्य आभासेतु सिंहले वार्षिक प्रतिवेदन प्रद...
काठमाडौं: सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा डा ...

